ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आइपीओ जारी निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा अल्फा हाउस रेष्ट्रो बार एन्ड ब्यांकेट, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो। साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।