अझै २४ कम्पनीले पेस गरेनन् वित्तीय विवरण (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय रिपोर्ट नबुझाउने कम्पनी सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरुमध्ये २४ ओटा कम्पनीहरुले बोर्डलाई आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको पाइएको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । तर १३९ कम्पनीले मात्र समय मै विवरण बुझाएका हुन् ।
विवरण बुझाउनेमा १९ वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाइनान्स, ३ होटेल तथा टुरिजम समुहका कम्पनी, ४१ हाइड्रो कम्पनीले, ३ इन्भेष्टमेन्ट समुहका कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३१ लघुवित्त, ७ निर्जीवन बीमा कम्पनी,अन्य समुहका १ र ट्रेडिङ समुहका १ कम्पनी रहेका छन् ।