दुई जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ? « Arthapath.com
८ आश्विन २०८०, सोमबार

दुई जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्यो सेयर ?



काठमाडौं । सोमबार दुई जीवन बीमा कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । साताको दोस्रो कारोबार दिन सन नेपाल लाइफ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता आकर्षित भएका हुन्।

सो दिन सन नेपाल लाइफको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । आज कम्पनीको ७ करोड ६८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १ लाख ६७ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ४५९ रुपैयाँ कायम भएको छ ।

यता, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायवल नेपालको पनि ६ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार कम्पनीको १ लाख ४२ हजार ७६१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ४६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्