मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ११७ जनाले १०/१० कित्ता सेयर « Arthapath.com
१० आश्विन २०८०, बुधबार

मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ११७ जनाले १०/१० कित्ता सेयर



काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज अर्थात असोज १० गते बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

आइपीओ झण्डै १३ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १३ लाख ५६ हजार ६९७ जनाले १ करोड ५१ लाख ४१ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जस मार्फत १ अर्ब ५१ करोड ४१ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । जुन माग भन्दा २४।३७ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । जस मार्फत ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका हुन्। १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो हुनेछ ।

कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्