हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका-७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । साथै सभाले आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।