सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार बजार ११.०४ अंकले घटेको हो । बुधवार ९.२४ अंकले बढेको सेयर बजार एकदिन पनि टिक्न सकेन ।

आज बजार परिसुचक १९५६.९२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन बजारसंगै कारोबार रकम पनि खुम्चिएको छ । आज १ अर्ब १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको ३४ लाख ६२ हजार ६२४ कित्ता सेयर किनबेच भएको हो । तर, अघिल्लो दिन भने १ अर्ब १८ करोड बढीको सेयर खरिदबिक्री भएको थियो ।

आज म्युचुअल फण्ड सामान्य (०.०४ अंकले ) बढेको छ । तर,यी बाहेकका सबै सूचकहरु राताम्य बनेका छन् । बिहीबार कारोबारमा सिटिजन लाइफ अघि देखिएको छ । आज कम्पनीको सबैभन्दा धेरै ४ करोड ४३ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकले पनि ३ करोड १८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
यस्तै, आज सोल्टी होटेलको ३ करोड ९ लाख, सन नेपाल लाइफको ३ करोड ३ लाख, हिमालयन लघुवित्तको ३ करोड २ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।


प्रतिक्रिया दिनुहोस्