२ कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौँ । १० दिनपछि खुलेको सेयर बजार झिनो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अकंले बढेर १८५३.४८ बिन्दुमा बन्द भएको छ ।
सोमबार २८४ कम्पनीको ३३लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज ग्लोबल आइएमई लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
आज समाज लघुवित्तको ८.०७ प्रतिशत, साहस उर्जाको ७.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।