तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, २४१ कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
१० मंसिर २०८०, आईतवार

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, २४१ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौँ । सेयर बजारमा लगातार तेस्रो दिन समेत सुधार आएको छ । सेयर बजारमा उच्च सुधार आएसँगै परिसूचक समेत १९ सय माथि उक्लिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ । आज २४१ कम्पनीको सेयर मूल्य बढेको छ ।

आइतबार तीन कम्पनीको सेयरमा सर्किट लागेको छ । आज छ्यान्दी हाइड्रोपावर, भगवति हाइड्रोपावर र विजय लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, स्वरोजगार लघुवित्तको ९.८९ प्रतिशत र रावा इनर्जीको ९.८८ प्रतिशतले सेयर मूल्यमा सुधार आएको हो ।


प्रतिक्रिया दिनुहोस्