मुक्तिनाथ कृषि कम्पनीको आइपीओ अन्तिम दिनसम्म कति पर्यो आवेदन ? « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ अन्तिम दिनसम्म कति पर्यो आवेदन ?



काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १२ गते साँझ ५ः०८ बजेसम्म १३ लाख २२ हजार ९५४ जनाले १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४८ गुणा बढी आवेदन हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि जारी गरेको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्