यसरी हेर्नुहोस् नेपाल वेयरहाउजिङ्गको आइपीओ नतिजा !

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको छ ।
आइपीओमा १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीको आइपीओ यी तिन तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://himalayancapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login