सेयर बजारको ओरालो यात्रामा लाग्यो ब्रेक, बजारमा सामान्य सुधार, कारोबार पनि १ अर्ब माथि « Arthapath.com
२० मंसिर २०८०, बुधबार

सेयर बजारको ओरालो यात्रामा लाग्यो ब्रेक, बजारमा सामान्य सुधार, कारोबार पनि १ अर्ब माथि



काठमाडौँ । बल्ल बजारको ओरालो यात्रामा ब्रेक भएको छ । बजार लगातार सात दिन पछि सामान्य सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले समय मै मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक नगर्दा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको गुनासो लगानीकर्ताको रहेको छ । अझै लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन ।

बजार आज ३.३३ अकंले बढेर १८४१.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९३ कम्पनीको ३७ लाख ५५ हजार १२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ८ कम्पनीको उपसूचकमा हरियाली आएको छ । बुधबार विकास बैंक समूहको ०.०८ प्रतिशत, इन्भेष्मेन्ट समूहको ०.०१ प्रतिशत, जीवन बीमा समूहको १.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बुधबार रिलायबल नेपाल लाइफको ७ करोड ३४ लाख ४९ हजार र सन नेपाल लाइफको ७ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्