मुक्तिनाथ कृषि कम्पनीको आइपीओको ओपन रेञ्ज कति ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले निष्कासन गरेको आइपीओ बाँडफाँट भइसकेको छ । १ लाख १४ हजार ८ सय जना आवेदकले १० कित्ताका दरले कम्पनीको पाएका छन् ।
कम्पनीको आइपीओले ७६ रुपैयाँ ८१ पैसा देखि २३० रुपैयाँ ४३ पैसासम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।