बजार दोहोरो अकंले बढ्यो, कारोबार रकम समेत उच्च, लय समालेको हो त ? « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

बजार दोहोरो अकंले बढ्यो, कारोबार रकम समेत उच्च, लय समालेको हो त ?



काठमाडौँ । साताको पहिलो दिन उच्च अकंले बढेको बजार सोमबार नाफा बुक गर्नेहरु हाबी भए । नाफा बुक गर्नेहरु सक्रिया हुँदा करेक्सन आएको बजारमा आज फेरी बढेको छ ।

काठमाडौँ । साताको दोस्रो दिन नाफा बुक गर्नेहरुको हाबि हुँदा बजार ओरालो लागेको छ । नेप्सेमा १११ अंकको उछाल आएको दोस्रो दिन लगानीकर्ताहरु नाफा बुक गर्न सक्रिय भएका हुन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानी कर्ताका अनुमान रहेको छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । अब ब्याजदर घट्न थालेकाले कर्जा प्रवाह हुने र यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने जानकारहरुका तर्क रहेका छन् । सेयर बजार सुधारमा पनि तरलता र घट्दो ब्याजदरले सहयोग पुर्याउने छ । मौद्रिक नीति सार्वजनिकसँगै बैंकहरुले ब्याजदर समेत घटाएको छ । यसले गर्दा बजार अब सकारात्मक बिन्दु तिर जाने आंकलन रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ । मंगलबार २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक नै हरियाली लागेका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको १.७४ प्रतिशत, फाइनान्स समूहको ३.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ४.३३प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार शिवम सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ र सोनापुरको १५ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्