सेयर बजारमा सामान्य सुधार, अब लगानीकर्ताको मनोबल उच्च बन्दै गएको हो ?

काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । साताको पहिलो दिन उच्च अकंले बढेको बजार सोमबार नाफा बुक गर्नेहरु हाबी भए । नाफा बुक गर्नेहरु सक्रिया हुँदा करेक्सन आएको बजारमा पुनः लगातार २ दिन सुधार आएको हो । बजार आज सामान्य सुधार आएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताका अनुमान रहेको छ ।
अर्थमन्त्री प्रकाश शरण महतले मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको बताएका छन् । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशस् आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदै गएको मन्त्री महतले बताए । उनले घरजग्गा र सेयर कारोवार बढ्न शुरु भएको बताए । उनले भने,–‘घरजग्गा र सेयर कारोवार बढ्न शुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ। हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ।’ यसले समेत सेयर बजारमा सकारात्मक दिसा दिने आंकलन गरीएको छ ।
मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको छ । अब ब्याजदर घट्न थालेकाले कर्जा प्रवाह हुने र यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने जानकारहरुका तर्क रहेका छन् । यसले गर्दा बजार अब सकारात्मक बिन्दु तिर जाने आंकलन रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ । बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ९ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोनापुरको १४ करोड ६७ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँ र अरुण काबेली पावरको १२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
