बुधबार ११६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । बुधबार ११६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजारमा आज झिनो सुधार आउँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार कुथेली बुखेरी स्मल हाइड्रोपावरको ५.६९ प्रतिशत, सुपर माई हाइड्रोपावरको ५.०१ प्रतिशत, सानिमा जिआइसि इन्स्योरेन्सको ४.४७ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।
