नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, प्रथमलाई ७५ हजार रुपैयाँ पुरस्कार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । नेप्सेले ३१औं वार्षिकोत्सवको अवसरमा पूँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता गर्ने लागेको हो ।
उक्त प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबाट नेपालमा सुदृढ पूँजी बजारका लागि लगानीकर्ता साक्षरता शिर्षकमा निबन्ध लेख्नु पर्नेछ ।
निबन्ध तयार गरी पुष १५ गतेसम्म नेप्सेको इमेल मार्फत बठाउनु पर्नेछ । जसमा प्रथमलाई ७५ हजार रुपैयाँ, द्धितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरीनेछ ।
