सेयर बजारमा निरन्तर सुधार आउँदा लगानीकर्ता मख्ख, परिसूचक पुग्यो २१ सय बिन्दुमा « Arthapath.com
३ पुष २०८०, मंगलवार

सेयर बजारमा निरन्तर सुधार आउँदा लगानीकर्ता मख्ख, परिसूचक पुग्यो २१ सय बिन्दुमा



काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । बजारले निरन्तर उकालो यात्रा तय गर्दा लगानीकर्ता समेत मख्ख बनि रहेका छन् । बजार लगातार छैटो दिन समेत हरियाली भएको छ । बिस्तारै लगानीकर्ताको मनोबल समेत बढी रहेको छ । निरन्तर खुम्चि रहेको कारोबार समेत उच्च भइरहेको । सोमबार कारोबार एक वर्ष यता नै बढी भएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको थियो । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना भएको हो । लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । तर लगानीकर्ताले सो कुराले समेत सहज रुपमा स्वागत गरेका छ् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । अब सेयर बजार बीचमा केहि अवरोध सिर्जना नभए निकै ठुलो उचाईमा पुग्ने केहि जानकारहरुका तर्क छन् । अहिले लाभांशको सिजन चलेको छ । यतिबेला सबल र लाभांश दिन सक्ने कम्पनी छानेर योजना बद्धरुपमा लगानी गर्न आवश्यक रहेकोछ ।

नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।

मंगलबार शिवम् सिमेन्ट्सको ३७ करोड ४३ लाख ४८ हजार रुपैयाँ, सोल्टी होटलको २८ करोड ७३ लाख रुपैयाँ र सोनापुरको १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्