सबै बैंकहरुको सेयर मूल्य बढ्यो, कुन कम्पनीको कति ? « Arthapath.com
२ असार २०८२, सोमबार

सबै बैंकहरुको सेयर मूल्य बढ्यो, कुन कम्पनीको कति ?



काठमाडौँ । नियामक निकायले सेयर बजारमा केहि लचिलो नीति ल्याएसँगै उत्साह आएको छ । बजारले निरन्तर उकालो यात्रा तय गरेको छ । नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । कारोबार समेत ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

लगानीकर्ताको मनोबल उच्च बन्दै गएको अवस्था छ । बजार ठुलो अकंले बढ्दा वाणिज्य बैंकहरुको सेयर मूल्यमा छलाङ आएको छ । नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा सुधार आएको हो ।

मंगलबार सबै भन्दा बढी सेयर मूल्य बढेको वाणिज्य बैंकमा एनआइसी एशिया बैंक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँले बढेर ५३० रुपैयाँ पुगेको हो । त्यस्तै, दोस्रो नम्बरमा सिद्धार्थ बैंक रहेको छ । आजको दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ ५० पैसाले बढेर २७० रुपैयाँ पुगेको हो ।

त्यस्तै, सेयर मूल्य बढाउने वाणिज्य बैंकमा क्रमशः स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता १० रुपैयाँले बढेर ५३१ रुपैयाँ,कृषि विकास बैंकको प्रतिकित्ता १० रुपैयाँले बढेर २६१ रुपैयाँ पुगेको हो ।

?


प्रतिक्रिया दिनुहोस्