साताको पहिलो कारोबार मै बजार करेक्सन, कारोबार ७ अर्ब, अबको बाटो कता ? « Arthapath.com
८ पुष २०८०, आईतवार

साताको पहिलो कारोबार मै बजार करेक्सन, कारोबार ७ अर्ब, अबको बाटो कता ?



काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा करेक्सन देखिएको छ । गत साता उच्च अकंले बढेको बजारमा लगानीकर्ता नाफा बुक गर्ने हाबि भएपछि करेक्सन देखिएको हो ।

पछिल्ला दिनहरुमा समग्रमा बजार बढेकै छ । यसमध्ये पनि कतिपय सेक्टर र कम्पनीहरुबाट लगानीकर्ताले मनग्ये फाइदा पाउन थालिसकेका छन् । आज पनि लगानीकर्ता नाफा बुक गर्ने ब्यस्त भएका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । अझै घट्ने अवस्थामा रहेको छ । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । ब्याजदर र अधिक तरलताले साथ दिंदै गएपछि सेयर बजारका लगानीकर्तामा पनि उत्साह बढेको हो । लगानीकर्ताले आफ्नो मनोबल समेत बलियो बनाउदै लगेका छन् । सोहि कारण समेत बजारले सकारात्म बाटो लिने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अकंले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ । आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ४ उपसूचकमा हरियाली आएको छ । आज हाइड्रोपावर समूहको ०.०८ प्रतिशत, जीवन बीमा समूहको ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.५६ प्रतिशत र अन्य समूहको ०.९७प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज शिवम् सिमेन्टको ३० करोड ४३ लाख र ह्याथवे इन्भेष्टमेन्ट नेपालको २९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्