१३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । आइतबार सेयर बजार दोहोरो अकंले घटेको छ । बजारमा नाफा बुक गर्ने हाबि हुँदा बजार ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अकंले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ । आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार बोटलर्स नेपाल (बालाजु), कालिका पावर, समलिङ पावर, बिपिडब्लु लघुवित्तसहित १३ कम्पनीको सेयरमा सर्किट लागेको हो ।

