नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
२ असार २०८२, सोमबार

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

हाथवेको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य ७९६ रुपैयाँ ५० पैसालाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात यसको मूल्य ७२४ रुपैयाँ ९ पैसा कायम भएको हो।

यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.५० प्रतिशतमा सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ६२२ रुपैयाँ ३३ पैसा कायम भएको छ । आजको अन्तिम कारोबार मूल्य ६६९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

तारागाउँ रिजेन्सी होटल्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ८३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । आजको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ १० पैसालाई आधार मानेर मूल्य समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्