लगातार चौंथो दिन समेत सेयर बजार ओरालो, लगानीकर्ताको मनोबल उच्च नभएको हो ?

काठमाडौँ । लगातार चौथो दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार निरन्तर उकालो लाग्दा लगानीकर्ता पुनः निराश बनेका छन् । लामो समय अर्बौ गुमाएका लगानीकर्ताले रिकभर भएपछि पुनः बजारले ओरालो यात्रा तय गरेको हो ।
जानकारहरु भने यसलाई करेक्सन नै भनि रहेका छन् । धेरै गुमाएका लगानीकर्ता अलि बजार बढेपछि नाफा बुक गर्ने लागि परेका हुन् । कतिपय सेक्टर र कम्पनीहरुबाट लगानीकर्ताले मनग्ये फाइदा पाउन थालिसकेका छन् । आज पनि लगानीकर्ता नाफा बुक गर्ने ब्यस्त भएका हुन् ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । अझै घट्ने अवस्थामा रहेको छ । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सात उपसूचक ओरालो लागेको छ । बिहिबार बैंकिङ समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.२८ प्रतिशतले सेयर मूल्य घटेको हो ।

त्यस्तै, आज सोनापुरको १४ करोड ३८ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको कारोबार भएकोछ ।
