यी हुन् आज सवार्धिक कारोबार हुने १० कम्पनीहरु

काठमाडौँ । बिहिबार ४ अर्ब भन्दा माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको हो ।
आज २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच भएको छ । जस मार्फत ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन बैंकको प्रोमोटरको २३ करोड ८५ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको १९ करोड ६० लाख रुपैयाँ, सोनापुरको १६ करोड ८० लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।
