नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४७१ रुपैयाँ ८१ पैसा कायम भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९५ रुपैयाँ ४० पैसा अन्तिम कारोबार भएको थियो ।
आइतवार कम्पनीको सेयर कारोबार खुल्नेछ ।