दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज बजार घट्दा पनि कमाउने कम्पनीहरु « Arthapath.com
२८ माघ २०८०, आईतवार

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज बजार घट्दा पनि कमाउने कम्पनीहरु



काठमाडौं । आइतबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ९२ रुपैयाँ ३० पैसाले वृद्धि भएको छ । योसँगै कम्पनीको सेयर मूल्य आज १ हजार १५ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, कुथेली बुखरीको पनि ९.९९ प्रतिशत अर्थात् ९० रुपैयाँ ९० पैसाले बढेर १ हजार ८० पैसा कायम भएको छ ।

आज यी कम्पनीहरुसहित त्रिशुली जलविद्युत, दोर्दीखोला, माया खोला, अपर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताहरुले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्