एनआइसी एशिया बैंकको ३ लाख ७ हजार कित्ता सेयर बिक्री, सेयर मूल्य कति छ ? « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

एनआइसी एशिया बैंकको ३ लाख ७ हजार कित्ता सेयर बिक्री, सेयर मूल्य कति छ ?



काठमाडौं । आइतबार सर्वाधिक सेयर कारोबार हुने कम्पनीको दोस्रो सूचीमा एनआइसी एशिया बैंक छ । साताको पहिलो कारोबार दिन बैंकको साढे १३ करोड बढीको सेयर किनबेच भएको हो ।

आइतबार बैंकको १३ करोड ६५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको ३ लाख ७ हजार ६९२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज बैंकको सेयर मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ । आइतबार बैंकको सेयर मूल्य २.५४ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँले वृद्धि भएको छ ।योसँगै हाल कम्पनीको सेयर मूल्य ४४ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्