तपाईको खातामा आयो एक कम्पनीको ९.५० प्रतिशत बोनस सेयर ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
बैंकले ९.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
एक सूचना जारी गर्दै गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ।
