नबिल बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । बुधवार बैंकको ३० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले गत मंसिर ३० गतेदेखि पुस २ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘९ प्रतिशत ब्याजदरको डिबेन्चर २०८७ ‘ऋणपत्र बिक्री गरेको हो । नेप्सेले नबिल बैंकको यो ऋणपत्रलाई ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।