२८ करोडको आइपीओ ल्याउँदै लोअर इर्खुवा हाइड्रोपावर, बोर्डसँग माग्यो अनुमति « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

२८ करोडको आइपीओ ल्याउँदै लोअर इर्खुवा हाइड्रोपावर, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमती माग गरेको छ ।

कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २८ लाख ४ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न गत फागुन ११ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्