सवोत्तम सिमेन्टको आइपीओ बाँडफाँटका लागि तोकियो मिति, ५० कित्ता पाउने ५५ हजारमध्ये तपाई पर्नु होला त ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँटका लागि मिति तय गएको छ । गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म बिक्री गरेको आइपीओको बाँडफाँटको तयारी भएको हो ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो सेयर बिक्रीमा ल्याएको थियो । अब कम्पनीको उक्त आइपीओ आउँदो बिहीबार (फागु २४ गते) बाँडफाँट गरिने तयारी भएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार प्रिअलोटमेन्ट सकिएको छ ।
कम्पनीको आइपीओमा सेयरमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको माग गर्दै आवेदन दिएका छन् । यो माग भन्दा १९.३२ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँट हुनेछ ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।
कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले न्युनतम ५० कित्ता पाउने छन् । यी बाहेक अन्य अर्थात् साढे ९ लाख बढीको हात खाली हुनेछ ।