फेरि थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

फेरि थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । थप दई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार छिमेक लघुवित्त र युनिभर्सल पावर कम्पनीको ३२ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा छिमेक लघुवित्तको ५ प्रतिशत बापतको १४ लाख १७ हजार ७०१ कित्ता र युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यी दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्