नयाँ अर्थमन्त्रीको टुंगो लागेसँगै सेयर बजारमा सुधार « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

नयाँ अर्थमन्त्रीको टुंगो लागेसँगै सेयर बजारमा सुधार



काठमाडौं । नयाँ अर्थमन्त्रीको टुंगो लागेसँगै सेयर बजार सकारात्मक बनेको छ । नयाँ सत्ता समीकरणमा माओवादीको तर्फबाट वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रीको टुंगो लागेपछि सेयर बजारले वृद्धि भएको छ ।

मंगलबार ७०.३१ अंकले घटेको बजार आज भने ९.३३ अंकले वृद्धि भएको छ । आज बजार परिसूचक २०१७.०३ अंकको अंकको बिन्दुमा पुगेर बन्द भएको छ । तर, आज बैंकिङ समूह १.१४ अंक, जीवन बीमा समूह २.५९ अंक र म्युचुअल फन्डमा पनि झिनो अंकले घटेको छ । यी बाहेकका अन्य समूहहरु भने हरियाली भने बनेका छन् ।

बजारमा बढोत्तरी देखिएता पनि कारोबार रकम भने खुम्चिएको छ । आज ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार नयाँ अर्थमन्त्री को बन्छ भन्ने विषयले लगानीकर्तामा अन्यौलता थियो । बुधवार टुंगो लागेसंगै बजारमा करेक्सन आएको हो । अब आगामी दिन पनि बजारले सकरात्मक गति लिने लगानीकर्ताहरुको अपेक्षा छ । देशको अस्थिर राजनीति प्रणालीका कारण हुने सरकार परिवर्तनले बजार पनि अस्थिर बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्