सेयर बजारमा ८.२६ अंकको बढोत्तरी: आज कसले कमाए, कसले गुमाए ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सेयर बजारमा ८.२६ अंकको बढोत्तरी: आज कसले कमाए, कसले गुमाए ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । आज बजार ८.२६ अंकले बढेको हो ।आइतबार बजार परिसूचक १९७४.५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज फाइनान्स समूह १८.७८ अंक, होटेल तथा पर्यटन १२६.४५ अंक, माइक्राफाइनान्स ५७.८१ अंकले घटेका छन् । आज यी बाहेकका सबैसमूहहरु हरियाली बनेका छन् ।

आज ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच भएको छ ।

आज सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । सो दिन बैंकको १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको पनि ८ करोड ५ लाख, शिवम् सिमेन्टको ७ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख र सोल्टी होटेलको ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।

आज सृजनशील लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट (१० प्रतिशत) लागेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ ८० पैसा बढेर १ हजार ३७२ रुपैयाँ ८० पैसा कायम भएको छ ।

आज उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ७.५२ प्रतिशत, युनाईटेड अजोडको ५.६९ प्रतिशत, हिमालयन एभरेष्टको ५.५५ प्रतिशत र एशियन लाइफको ५ प्रतिशत बढेको छ।

यी हुन् आज कम्पनीहरुः

यता, साताको पहिलो कारोबार दिन मानुषी लघुवित्तको सेयर मूल्य ५.४४ प्रतिशत घटेको छ। यस्तै, दोल्ती पावरको ४.५९ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयर मूल्य ४.४२ प्रतिशत घटेको छ । आज यी लगायतका सोल्टी होटेल, नेष्डो समृद्धि, मेगा म्युचुअल फन्ड–१, स्वरोजगार लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्