सेयर बजार निरन्तर उकालो: साढे ५ अर्बको कारोबार, आधा दर्जन कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारको बढोत्तरी कायमै छ । साताको चौंथो कारोबार दिन पनि बजार दोहोरो अंकले बढेको छ । बुधवार बजार १५.५४ अंकले बढेरको छ । उक्त दिन बजार परिसूचक २१३१.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन बैंकिङ्ग समूह ४८.४४ अंक, विकास बैंक १३.७२ अंक, होटेल तथा पर्यटन ९८.३४ अंक र म्युचुअल फन्ड झिनो ०.०६ अंकले बढेको छ । यी बाहेकका अन्य समूहहरु भने राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब २० करोड बढीको सेयर खरिदबिक्री भएको थियो । तर, आज भने बढेर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ४२१ कित्ता सेयर किनबेच भएको छ ।
उक्त दिन नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको पनि २१ करोड १२ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै, सिइडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख ३९ हजार, फर्स्ट माइक्राफाइनान्सको १७ करोड ५३ लाख ३६ हजार, नबिल बैंकको १५ करोड ५० लाख ७२ हजार, एनआइसी एशिया बैंकको १२ करोड ७३ लाख ८५ हजार र हिमालयन रिइन्स्योरेन्सको ११ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
