दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज मालामाल हुने कम्पनीहरु « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज मालामाल हुने कम्पनीहरु



काठमाडौं । बुधवार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

साताको चौंथो कारोबार दिन सामूदायिक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ११७ रुपैयाँ ७० पैसा र बुद्धभूमिको प्रतिकित्ता ६१ रुपैयाँ बढेर क्रमशः १ हजार २९४ र ६७१ रुपैयाँ पुगेको छ ।

उक्त दिन एनएमबि बैंकको सेयर मूल्य ८.४७ प्रतिशत, कृषि विकास बैंकको ७.०७ प्रतिशत, नबिलको ६.८८ प्रतिशत, कालिञ्चोक दर्शनको ६.१४ प्रतिशत, सिद्धार्थ बैंकको ६.१० प्रतिशत वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित चन्द्रागिरी हिल्स, विन नेपाल लघुवित्त, मान्डु हाइड्रोपावर, सनराइज फोक्सड इक्विटी फन्ड, कुमारी बैंक, एनआइसी एशिया बैंक लगायतका कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्