सामान्य बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजारमा सामान्य बढोत्तरी देखिएको छ । बुधवार बजार २.२७ अंकले वृद्धि भएको हो ।
उक्त दिन बजार परिसूचक २०७८ दशमलव ७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन बैंकिङ्ग समूह १.६२ अंक, फाइनान्स ५८.८७ अंक, जलविद्युत समूह ८.५० अंक, माइक्रोफाइनान्स ६.८८ अंक, निर्जीवन बीमा १८.८८ अंक र अन्य समूह २.५७ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूह राताम्य बनेका छन् ।
उक्त दिन कारोबार रकमा भने ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ।
आज नेपाल फाइनान्सको सर्वाधिक २० करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ।
