मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का



काठमडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का राखेको हो ।

मनकामना स्मार्टलाई समता घरेलु लघुवित्तले प्राप्ति गरि आजदेखि एकीकृत कारोबार थालनी गरेका छन् । दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजदेखि रोक्का भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्