हकप्रद सेयर निष्कासन गर्न प्रभु इन्स्योरेन्स माग्यो सेबोनसँग अनुमति « Arthapath.com
२५ असार २०८१, मंगलवार

हकप्रद सेयर निष्कासन गर्न प्रभु इन्स्योरेन्स माग्यो सेबोनसँग अनुमति



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि गत असार १९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्न लागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको छ ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ । हाल हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ छ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्