सेयर बजारको उकालो यात्रा कायमै, हाथवेसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार
काठमाडौं । सेयर बजारको उकालो यात्रा कायमै देखिएको छ । सोमबारको करेक्सनपछि बजार निरन्तर दोहोरो अंकले वृद्धि भएको हो ।
साताको चौंथो कारोबार दिन अर्थात् बुधवार पनि बजार २३.२५ अंकले वृद्धि भएको छ । बजार परिसूचक २ हजार १७५ दशमलव ४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ।
उक्त दिन विकास बैंक समूह १३.२० अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।
बजारसँगै कारोबार रकमा पनि बढेको छ। बुधवार ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
उक्त दिन हाथवे इन्भेष्टमेन्ट नेपालसहित ३ कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। आज हाथवेको १५ करोड ८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, जानकाी फाइनान्सको १४ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ११ करोड ३९ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।