साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्दै सूर्योदय लघुवित्त, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था एफपिओ निष्कासन गर्न भएको छ। कम्पनीे आगाी साउन ४ गतेदेखि एफपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गर्ने छ ।
कम्पनीको सो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भने साउन १८ गतेसम्म दिन सकिनेछ ।
कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।