सेयर बजारको उकालो यात्रा जारी: कारोबार रकम ७ अर्ब माथि, आधा दर्जन कम्पनीमा झुम्मिए लगानीकर्ता

कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारको उकालो यात्रा जारी छ । साताको अन्तिम कारोबार दिन पनि बजार उच्च अंकले वृद्धि भएको छ ।
बिहीबार बजार २९.२१ अंकले बढेको हो । आज नेप्से परिसूचकले २२ सयको बिन्दु पार गरको छ । सो दिन परिसूचक १ हजार २०४ दशमलव ६१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज माइक्रोफाइनान्स र व्यापार समूह बाहेक सबै समूहमा हरियाली देखिएको छ। सो दिन माइक्रोफाइनान्स २५.९१ अंक र व्यापार समूह ११.९५ अंकले घटेको छ ।
बजारसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज आधा दर्जन कम्पनीमा लगानीकर्ता झुम्म्एिका छन् । सिइडीवि हाइड्रोपावरसहित ७ कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।
सो दिन सिइडीबीको १५ करोड २५ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको १५ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ।
यस्तै, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाख ७२ हजार, सानिमा जिआइसी इन्स्योरेन्सको १२ करोड ६८ लाख ५० हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ११ करोड ७९ लाख ३८ हजार , जानकी फाइनान्सको ११ करोड ५१ लाख ९१ हजार र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


यी हन आज उच्च दरमा कमाउने कम्पनीहरु
उक्त दिन बलेफी हाइड्रोपावर र सिटिजन सुपर ३० म्युचुअल फन्डको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ। यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९७ प्रतिशत बढेको हो ।
यस्तै, एनआइसीबिएल स्टेबल फन्डको सेयर मूल्य पनि ९.८३ प्रतिशत, जानकी फाइनान्सको ८.७६ प्रतिशत वृद्धि भएको छ।
आज यी कम्पनीहरु सहित सिटिजन म्युचुअल फन्ड–२, कुमारी सबल योजना, एनआइविएल समृद्धि फन्ड–२, प्रभु महालक्ष्मी लाइफ, स्वाभिमान लघुवित्त लगायतका धेरै कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।


बजार बढ्दा पनि गुमाउने कम्नपीहरु कुन कुन हुन् ?
बजार घट्दा पनि समाज लघुवित्त लगायतका कम्पनीहरुले गुमाएका छन् । बिहीबार समाज लघुवित्तको सेयर मूल्य ४.५९ प्रतिशत घटेको छ । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १४१ रुपैयाँ गुमाएका छन् । यस्तै, साधना लघुवित्तको सेयर मूल्य ४.५६ प्रतिशत, एनएमबि ५० को ४.१३ प्रतिशत घटेको छ ।
