सेयर बजारमा उछाल, ७ अर्ब ६२ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन बजार ५३ अंकले वृद्धि भएको छ।
आइतबार बजार ५२.९७ अंकले बढेर २ हजार २५७ दशमलव ५९ अंकको बिन्दुमा पुगेको छ । सो दिन बजार २.४० प्रतिशत बढेको हो ।
आज सबै समूहहरु हरियाली बनेका छन् । सो दिन बैंकिङ्ग समूह ४४.७२ अंक, विकास बैंक ५३.८४ अंक, फाइनान्सको ३४.४४, होटेल तथा पर्यटन ५९.९२, जलविद्युत समूह ८८.३० अंकले बढेको छ । यता, जीवन बीमा समूह २२०.८५ अंक, निर्जीवन बीमा समूह १४०.४८ अंक, उत्पादन तथा प्रशोधन समूह १७४.३७, व्यापार समूह ६६.३१ अंकले वृद्धि भएको छ ।
उक्त दिन कारोबार रकम पनि साढे ७ अर्ब नाघेको छ । आइतबार ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार बराबरको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको छ ।
उक्त दिन जानकी फाइनान्सको सर्वाधिक सेयर किनबेच भएको छ । आज कम्पनीको २४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलभमेन्टको २१ करोड २७ लाख ४७ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ।