सेयर बजार: १२ अर्बको कारोबार हुँदा ८ कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति बिक्री भयो सेयर ?

काठमाडौं । बुधवार पनि सेयर बजार उच्च अंकले वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बजार ५४.०४ अंकले बढेको हो ।
बजार परिसूचक पनि २ हजार ३६४ दशमलव ६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम भने १२ अर्ब नाघेको छ । आज १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको हो ।
आज लगानीकर्ता सिंगटी हाइड्रोपावरमा झुम्मिएका छन् । सो दिन कम्पनीको २३ करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको ११ लाख ६३ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ । आज कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता २०७.४० रुपैयाँ कायम भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ७१ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आज कम्पनीको २ लाख ८२ हजार ५८६ कित्ता सेयर किनबेच भएको छ।
सोनापुर मिनिरल्सको पनि २० करोड ३५ लाख ३९ हजार रुपैयाँ बराबरको ४ लाख ५ हजार ३१६ कित्ता र हिमाल दोलखा हाइड्रोपावरको २० करोड २७ लाख ५६ हजार रुपैयाँ बराबरको १२ लाख २९ हजार ८८४ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, अरुण भ्याली हाइड्रोपावरको १९ करोड ४४ लाख ४४ हजार, सिइडीवी हाइड्रोपावरको १९ करोड ४३ लाख ५८ हजार, माउनटेन इनर्जीको १९ करोड ४२ ल ाख ८५ हजार, ङादी ग्रुप पावरको १९ करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यी कम्पनीहरुको क्रमशः ९ लाख ६२ हजार ८८७ कित्ता, १ लाख ५४ हजार ८३० कित्ता, ३ लाख २ हजार ७३३ कित्ता, ५ लाख १९ हजार ६५१ कित्ता सेयर किनबेच भएको हो ।