सेयर बजारमा हरियाली : ६१ अंकले बढ्यो नेप्से, १५ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार सेयर बजार २.५४ प्रतिशतले बढेको छ ।
गत साता ९.९७ प्रतिशत बढेको बजार यस साताको पहिलो दिन पनि उच्च अंकले बढेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक ६१.६१ अंकले बह्दर २४८५.९४ बिन्दुमा पुगेको छ ।
बजारसँगै कारोबार रकममा पनि उछाल आएको छ । यस दिन १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार अवधिभर ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर कारोबार भयो ।
उच्च अंकले बढेको बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।
आज सबै सूचकमा हरियाली छाएको छ । युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, हिमालयन बैंक र गणपति लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ ।
यता, सिकलेस हाइड्रोपावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । कम्पनीको सेयार्मुल्या १० प्रतिशतले घटेको हो ।
कारोबारमा भने सोल्टी होटल अग्रस्थानमा छ । कम्पनीको ३४ करोड १० लाख ९६ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्स, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर, शिवम् सिमेन्ट लगायत कम्पनीको सेयर ,मूल्य पनि उच्च अंकले बढेको छ ।