‘ओटिसि मार्केट’मा ५ अर्बको सेयर कारोबारः वर्ल्डलिंकको महँगो मूल्यमा किनबेच, कसको कति ? (सूचीसहित)

काठमाडौं । एक वर्षमा ओटीसी बजारमा मार्फत ५ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा भएको ओटसी कारोबारसम्वन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवको साउनदेखि असार मसान्तसम्ममा ओटीसी बजार मार्फत ५ अर्ब ४ करोड ४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । गत वर्ष ओटीसी बजारमा ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर खरिदबिक्री भएको हो । नेप्सेले ओटीसी बजारको अवधारणाको विकास गरि २०६४ साल देखी संचालनमा ल्याएको छ ।
२०७२ माघ १८ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयको सूचना अनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयरको कारोबार ओटिसि बजार मार्फत गर्न सकिने ब्यवस्था रहेको छ । हालसम्म २४४ वटा कम्पनीहरु ओटीसी बजारमा दर्ता भइ कारोबार भएको छ ।
गत आवमा सबैभन्दा महँगो सेयर मूल्य वर्ल्डलिंक कम्युनिकेशनको रहेको छ। कम्पनीको प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको देखिनछ। एक वर्षको अवधमिा कम्पनीको कुल १२ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको १३ हजार ३९२ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, काठमाडौं फरेष्ट्रि कलेजको पनि १ हजार ८५ रुपैयाँ ५ पैसामा ५०० कित्ता सेयर किनबेच भएको छ । यता, एनआइसी एशिया क्यापिटलको प्रतिकित्ता ५५० रुपैयाँमा १ लाख कित्ता, लर्ड बुद्ध एजुकेशन एकेडेमीको प्रतिकित्ता ५४० रुपैयाँमा १२ हजार ४ हजार ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
गत असारमा १२ वटा कम्पनीको ओटीसी बजारमा कारोबार भएको थियो । गत जेठमा ५, बैशाख र जेठमा ७–७ वटा, फागुनमा ५, माघमा १० वटा, पुसमा १२, मंसिरमा ६, कात्तिकमा ६, असोजमा ८ वटा, भदौमा ९ वटा र साउनमा १२ वटा कम्पनीहरुको ओटीसी बजारमा सेयर कारोबार भएको थियो ।
ओटीसी बजारमा कुन कम्पनीको कतिमा भयो कारोबार ?
5280c10dd2a01bf0d3aa8ec389884225