यी हुन् बजार घट्दा पनि आज उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । सोमबार नेपाल फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशत वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४५ रुपैयाँ बढेर १ हजार ६२९ रुपैयाँ कायम भएको छ।
यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य पनि ८.५८ प्रतिशत अर्थात् प्रतिकित्ता ६४ रुपैयाँ बढेर ८१० रुपैयाँ र बाराही हाइड्रोपावरको पनि ८.१६ प्रतिशत अर्थात् प्रतिकित्ता ५५ रुपैयाँ बढेर ७२९ रुपैयाँ पुगेको छ।
उक्त दिन बजार दोहोरो अंकले घटेको छ । बजार घट्दा पनि आज जानकी फाइनान्स, गणपति लघुवित्त, रसुवागढी हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हाथवे लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

