हिमालयन रि इन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२२ श्रावण २०८१, मंगलवार

हिमालयन रि इन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । मंगलबार कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको १ अर्ब ३९ करोड ७८७ लाख ८० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेप्सेका अनुसार आज कम्पनीको १६ लाख १६ हजार ४३१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज कम्पनीको सेयर मूल्य पनि सामान्य बढेको छ। कम्पनी कम्पनीको सेयर मूल्य ०.४७ प्रतिशत अर्थात् प्रतिकित्ता ४ रुपैयाँ बढेर ८४९ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको पनि ४८ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, सीइडीवी हाइड्रोपावरको ४३ करोड १८ लाख, सानिमा माइ हाइड्रोपावरको ४१ करोड ३ लाख र माउनटेन इनर्जीको ४०क रोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्