सेयर बजारमा उछाल, कारोबार रकमले बनायो कीर्तिमानी रेकर्ड « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजारमा उछाल, कारोबार रकमले बनायो कीर्तिमानी रेकर्ड



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले वृद्धि भएको छ । आइतबार बजार ३.४१ प्रतिशत अर्थात् ९४ दशमलव ५३ अंकले बढेको हो ।

उक्त दिन बजार परिसूचक २ हजार ८६० दशमलव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज सबै समूहहरु हरियाली बनेका छन् । उक्त दिन बैंकिङ्ग समूह ४९.६३ अंक, विकास बैंक १३६.९२ अंक, फाइनान्स ११६.५८, होटल तथा पर्यटन ६७.२० अंक, जलविद्युत समूह १३६.०७ अंकले वृद्धि भएको छ । उक्त दिन जीवन बीमा समूह ६०७.७१ अंक, निर्जीवन बीमा समूह ४६२.५१ अंक, माइक्रोफाइनान्स २३०.७८, व्यापार ११.९४, उत्पादन तथा प्रशोधन समूह १४३.८८ अंकले बढेको छ ।

बजारसँगै कारोबार रकमा पनि वृद्धि भएको छ । उक्त दिन २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जुन हालसम्मकै उच्च हो । आज कुल ६ करोड ३ करोड २१ लाख ३२३ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम सिमेन्टको पनि १ अर्ब १६ करोड ६४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्