सेयर बजारले पार गर्यो ३ हजार बिन्दु, झन्डै ३० अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल आएको छ । बिहीबार पनि बजार ४५.०५ अंकले बढेको हो ।
बजारले ३ हजार बिन्दु पारेको हो । उक्त दिन बजार परिसूचक ३ हजार दशमलव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन बैंकिङ समूह ९०.१८ अंक, विकास बैंक समूह ७३.२३ अंक, होटेल तथा पर्यटन २५.१६ अंक, जलविद्युत समूह ३०.१४, लगानी समूह ३.२१, निर्जीवन बीमा समूह १३४.३४, व्यापार समूह ७५.२० र म्युचुअल फन्ड ०.४९ अंकले बढेको छ । यी बाहेकका अन्य समूहहरु भने आज घटेका छन् ।
अब कारोबार रकम भने २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । आज ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच भएको छ ।
आज पनि लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । उक्त दिन कम्पनीको सर्वाधिक ९१ करोड ३३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, आज सानिमा माइ हाइड्रोपावर कम्पनीको ८३ करोड २३ लाख ८५ हजार, अपि पावरको ६५ करोड, कुमारी बैंकको ६१ करोड ७७ लाख ४६ हजार, निफ्राको ६० करोड ३७ लाख र शिवम सिमेन्टको ५० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।