उतारचढावका बीच ३७ अंकले घट्यो सेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उच्च अंकले घटेको छ । आइतबार बजार ३७.८२ अंकले घटेको छ।
निकै उतारचढावका बीच नेप्से परिसूचक २ हजार ९६२ दशमलव ९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुला भएको एक घण्टा अर्थात् ११ः ५८ मा परिसूचक ३ हजार ४८ अंकको बिन्दुसम्म पुगेको थियो । तर, अन्तिम समयमा आएर २९ सय ६२ मा झरेको छ ।
उक्त दिन बैंकिङ्ग समूह १४.१८ अंक, निर्जीवन बीमा समूह ६६.७३, जीवन बीमा १.६७ अंक र म्युचुअल फन्ड झिनो अंकले बढेको छ। यी बाहेकका अन्य समूहरु राताम्य बनेका छन् ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ३० अर्ब बराबरको सेयर किनबेच भएको थियो । तर, आइतबार भने घटेर २८ अर्ब ६५ करोड ४४ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । उक्त दिन कुल ६ करोड ५१ लाख ३१ हजार १६५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज पनि हिमालयन रिइन्स्योरेन्सकै सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको कुल ८२ करोड १४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, अपि पावरको ७८ करोड ७६ लाख, कुमारी बैंकको ६५ करोड ९३ लाख, एनआइसीडीएलको ५२ करोड ९३ लाख, ङादी ग्रुप पावरको ५२ करोड २८ लाख र शिवम सिमेन्टको ५०क रोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।